Shikhar Insurance

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक नाफ ७.५२ प्रतिशतले बढ्यो , कस्ता छन् अन्य सूचक

सिंहदरबार संवाददाता
२०८१ बैशाख ७, शुक्रबार ११:५८
NIMB
Nabil Bank

काठमाडौं । नेपाल इन्भेष्मेन्ट मेगा बैंकको चालु आर्थिक वर्षको चैत्र मसान्तसम्ममा ३ अर्ब २७ करोड ५२ लाख रुपैयाँ नाफा कमाएको छ । बैंकले प्रकाशन गरेको चालु आवको तेस्रो त्रैमासीक वित्तीय विवरण अनुसार बैंकको नाफा गत आवको भन्दा ७.५२ प्रतिशतले बढी रहेको छ । गत आवको सोहि अवधिमा कम्पनीको खुद नाफा ३ अर्ब ४ करोड ६१ लाख २३ हजार रुपैयाँ रहेको थियो ।

विवरण अनुसार बैंकको खुद ब्याज आम्दानीमा पनि वृद्धि भएको छ । बैंकको खुद ब्याज आम्दानी ४१.४३ प्रतिशतले बढेर प्रतिशतले बढेर ११ अर्ब ३ करोड २५ लाख १७ हजार रुपैयाँ छ भने गत आगवको सोही अवधीमा ७ अर्ब ७९ करोड ५१ लाख रुपैयाँ रहेको थियो । समीक्षा अवधिमा कम्पनीको चुक्ता पुँजी ३४ अर्ब १२ करोड ८५ लाख रुपैयाँ रहेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

त्यस्तै बैंकको खराब कर्जामा भने सामान्य विद्धि भएको छ । बैंकको खराव कर्जा ४.६६ प्रतिशत पुगेको छ भने गत वर्षको सोहि अवधिमा ३.९४ प्रतिशत रहेको थियो । बैंकको प्रतिशेयर आम्दानी १२ रुपैयाँ ८० पैसा र प्रतिशेयर नेटवर्थ १ सय ७२ रुपैयाँ ५७ पैसा रहेको छ ।

 

 

GBIME

प्रतिक्रिया दिनुहोस्