Shikhar Insurance

हिमालयन रिको बिजनेस सुनिश्चित गर्दै समिति, निर्देशनले बिमकको व्यावसायीक स्वतन्त्रता गुम्यो

पत्रसहित
दिलु कार्की
२०७८ मंसिर ९, बिहीबार २०:३८
NIMB
Nabil Bank

काठमाडौं । बीमा समितिले हिमालयन रि इन्स्योरेन्सको प्रिमियमको जिम्मेवारी आफ्नो काँधमा लिएको छ । समितिले सबै कम्पनीहरुलाई पत्र पठाउँदै विद्यमान व्यवस्था बाहेक बाँकी रहेको पुनरबीमा व्यवसाय हिमालयन रिलाई दिन ठाडो निर्देशन दिएको हो ।

हालको व्यवस्था अनुसार बीमा कम्पनीहरुले कुल व्यवसायको न्यूनतम २० प्रतिशत नेपाल पुनरबीमा कम्पनीलाई दिनु पर्ने हुन्छ । बाँकी रहेको ८० प्रतिशत व्यवसाय विदेशी पुनरबीमा कम्पनीलाई दिन पाउँछन् ।

Citizen Life
Kumar Bank
Nepal Life

अर्थात् बीमक कम्पनीहरुले १ सय रुपैयाँ बराबरको बीमा शुल्क संकलन गर्दा २० रुपैयाँ बराबरको जोखिम नेपाल पुनरबीमा कम्पनीलाई दिनु पर्छ भने बाँकी जोखिम व्यवसायीक फाइदाको आधारमा विदेशी पुनरबीमा कम्पनीलाई दिन्छन् ।

तर, समितिले बिहीबार सम्पुर्ण जीवन तथा निर्जीवन बीमा कम्पनीहरुलाई पत्र पठाउँदै नेपाल रि २० प्रतिशत दिएर बाँकी रहेको व्यवसाय स्वदेशी पुनरबीमा कम्पनीलाई नै निर्देशन दिएको छ ।

समितिद्वारा कम्पनीहरुलाई दिएको निर्देशनमा भनिएको छ–

– बीमकले आफुले आर्जन गरेको बीमा व्यवसायको २० प्रतिशत प्रत्यक्ष सिमा सम्बन्धमा हालको व्यवस्था कायम राख्ने,

– प्रत्यक्ष हिस्सा स्वरुप प्रदान गरिएको पुनरबीमा बाहेक बाँकी हुन आउने सबै पुनरबीमा व्यवसाय स्वदेशी पुनरबीमकहरुलाई प्रदान गर्ने,

– विदेशी पुनरबीमा कम्पनीलाई भुक्तानी गर्नका लागि समितिसँग पुनरबीमा सटही सिफारिस माग गर्दा स्वदेशी पुनरबीमा अस्बीकार गरेको प्रमाण पेश गर्नु पर्ने ।

सरकारी स्वामित्व समेत रहेको नेपाल पुनरबीमा कम्पनीलाई सरकारले नै २० प्रतिशत व्यवसाय सुनिश्चित गरिदिएको हो । तर, पुर्ण निजी लगानी रहेको हिमालयन रिको व्यवसाय समेत बीमा समितिले नै खोजिदिएको हो ।

अहिले नेपाल रि बाहेक हिमालयन रि मात्र सञ्चालनमा छ । स्वदेशी पुनरबीमा कम्पनीलाई नै व्यवसाय दिनु पर्ने समितिको निर्देशन हुँदा बीमा कम्पनीहरुको ८० प्रतिशत व्यवसायमा अब हिमालयन कै हक हुन्छ । हिमालयनले आफुले जोखिम वहन गर्न नसक्ने भएमा मात्रै कम्पनीहरुले विदेशी रि इन्स्योरेन्स कम्पनीलाई व्यवसाय दिन पाउँछन् । यसका लागि पनि हिमालयन रि ले नै आफुले जोखिम बहन गर्न नसक्ने भएको हुँदा विदेशी पुनरबीमा कम्पनीलाई व्यवसाय गर्न सटहीको सुविधा दिन सिफारिस गर्नु पर्ने हुन्छ ।

 

 

हिमालयन रिले पायो नयाँ पुनर्बीमा कम्पनीको लाइसेन्स

४५ दिनभित्र ७ अर्ब तयार पार्न हिमालयन रिका प्रमोटरलाई बीमा समितिको पत्र

‘हिमालयन रि’ लाइसेन्स प्रकरण अख्तियारमाः आर्थिक चलखेलको आरोप, नयाँ प्रक्रिया थाल्न माग

‘हिमालयन रि’ समुहलाई नै नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स दिने तयारी

हिमालयन रिका लगानीकर्ताले जम्मा गरे ७ अर्ब रूपैयाँ, असार भित्रै सेवा आरम्भ (कसको कति लगानी ?)

हिमालयन रिईन्स्योरेन्स विरुद्ध पाँच विद्यार्थी संगठनले अख्तियारमा हाले उजुरी

सरकारीबाट खोसेर निजी कम्पनी पोसिँदै, हिमालयन रिले पाउँदै १० प्रतिशत व्यापार

हिमालयन रिको आईपीओ आउने पक्का, कम्तिमा ३० लाख जना सेयरधनी बन्ने

हिमालयन रिको लाइसेन्स प्रकरणबारे अख्तियारले थाल्यो छानविन

सरकारीबाट खोसेर निजी कम्पनी पोसिँदै, हिमालयन रिले पाउँदै १० प्रतिशत व्यापार

‘हिमालयन-रि’लाई कम्पनी रजिस्ट्रार कार्यालयले दियो कारोबार थाल्ने स्वीकृति, उद्घाटन कहिले ?

नेपाल पुनर्बीमा कम्पनीको ५० प्रतिशत व्यवसाय खोसेर हिमालयन रिलाई दिने तयारी

GBIME

प्रतिक्रिया दिनुहोस्