Shikhar Insurance

चैत ६ देखि सिंगटी हाइड्रोको २९ करोडको आईपीओ आउँदै

सिंहदरबार संवाददाता
२०७७ फाल्गुन २१, शुक्रबार ०९:३६
NIMB
Nabil Bank

काठमाडौं । चैत ६ गतेदेखि सिंगटी हाइड्रो इनर्जी लिमिटेडको आईपीओ निष्काशन हुने भएको छ । कम्पनीले सर्वसाधरणका लागि २९ करोड रुपैयाँ बराबरको २६ लाख ९७ हजार कित्ता शेयर निष्काशन गर्न लागेको हो ।

कुल निष्काशनमध्ये २ प्रतिशतले हुने ५८ हजार कित्ता कर्मचारीलाई र ५ प्रतिशतले हुने एक लाख ४५ हजार कित्ता सामुहिक लगानीकोषहरुका लागि छुट्याएको छ । बाँकी रहेको २६ लाख ९७ हजार कित्ता शेयर सर्वसाधरणलाई वितरण गरिनेछ ।

Citizen Life
Kumar Bank
Nepal Life

कम्पनीले यसअघि आयोजना स्थल दोलखा जिल्लाको अति प्रभावित क्षेत्र बिगु र कालिन्चोक गाउँपालिकाका बासिन्दाहरुका १४ करोड ५० लाख रुपैयाँ बराबरको १४ लाख ५० हजार कित्ता आइपीओ बिक्री गरि बाँडफाँट समेत गरिसकेको छ ।

आईपीओमा चैत ६ गतेदेखि १० गतेसम्म आवेदन दिन सकिने छ । मेगा क्यापिटल बिक्रि प्रबन्धक रहेको आईपीओमा न्युनतम १० कित्तादेखि अधिकतम २ लाख कित्तासम्म आवेदन दिन सकिन्छ ।
सिंगटी हाइड्रोपावरले दोलखाको कालिञ्चोक गाउँपालिका–२ बाबरे र विगू–५ चिलंखामा पर्ने सोरुङ खोलामा बाँध बाँधेर २५ मेगावट क्षमताको सिंगटी हाइड्रोपावर आयोजना निमार्ण गरिरहेको छ । चार अर्ब ३३ करोड लगानीमध्ये आयोजनामा सिभिल बैंकको नेतृत्वमा १० वटा वाणिज्य बैंकले ७० प्रतिशत ऋण लगानी गरेका छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्