Shikhar Insurance

घोराही सिमेन्ट सहित ३ कम्पनीको आईपीओ नेप्सेमा सूचीकृत, ओपनिङ्ग रेन्ज कुनको कति ?

सिंहदरबार संवाददाता
२०८० श्रावण २५, बिहीबार १४:१४
NIMB
Nabil Bank

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा घोराही सिमेन्ट इण्डष्ट्रीसहित ३ कम्पनीले सर्वसाधारणलाई निष्काशन गरेको सेयर नेप्सेमा सूचीकृत भएको छ। बिहीबार घोराही सिमेन्ट ,थ्रीस्टार हाइड्रोपावर र अप्पर साँङ्गे हाइड्रोपावरको सेयर नेप्सेमा सूचीकृत भएको हो।

नेप्सेमा घोराही सिमेन्टको ३ करोड ९७ लाख १९ हजार ६ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको छ । कम्पनीले सर्वसाधारण लगानीकर्ता सेयरधनीहरु (बैदेशिक रोजगारीमा रहेका नीपाली,उद्योग प्रभावित स्थानीय बासिन्दाहरु, सामुहिक लगानी कोष र कर्मचारीहरु समेत) लाई वितरण गरेको ७९ लाख ४३ हजार ८०१ कित्ता सेयर र संस्थापक सेयरधनीहरुले लगानी गरेका ३ करोड १७ लाख ७५ हजार २०५ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो ।

Citizen Life
Kumar Bank
Nepal Life

कम्पनीको सेयरलाई नेप्सले पहिलो कारोबारको लागि न्युनतम २२६ रुपैयाँ ६१ पैसा देखि ६७९ रुपैयाँ ८३ पैसा ओपनिङ्ग रेन्ज प्रदान गरेको छ । सोही आधारमा रहेर आइतबारदेखि कम्पनीको सेयर कारोबारमा आउनेछ । कम्पनीको सेयरलाई नेप्सेले जीसीआईएल कारोबार संकेत प्रदान गरेको छ।

त्यस्तै, अप्पर साँङ्गे हाइड्रोपावर लिमिटेडको २२ लाख कित्ता सेयर नेप्सेमा सूचीकृत भएको छ । कम्पनीले सर्वसाधारण लगानीकर्ता सेयरधनीहरु (बैदेशिक रोजगारीमा रहेका नेपाली, उद्योग प्रभावित स्थानीय बासिन्दाहरु, सामुहिक लगानी कोष र कर्मचारीहरु समेत) लाई वितरण गरेको ८ लाख ७० हजार कित्ता सेयर र संस्थापक सेयरधनीहरुले लगानी गरेका १३ लाख ३० हजार कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो ।

कम्पनीको सेयरलाई नेप्सले पहिलो कारोबारको लागि न्युनतम ८४ रुपैयाँ ५४ पैसा देखि २५३ रुपैयाँ ६२ पैसा ओपनिङ्ग रेन्ज प्रदान गरेको छ । सोही आधारमा रहेर आइतबार देखि कम्पनीको सेयर कारोबारमा आउनेछ । कम्पनीको सेयरलाई नेप्सेले युएसएचएल कारोबार संकेत प्रदान गरेको छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा थ्रीस्टार हाइड्रोपावर लिमिटेडको पनि ४९ लाख २५ हजार कित्ता सेयर नेप्सेमा सूचीकृत भएको छ । कम्पनीले सर्वसाधारण लगानीकर्ता सेयरधनीहरु (बैदेशिक रोजगारीमा रहेका नेपाली, उद्योग प्रभावित स्थानीय बासिन्दाहरु, सामुहिक लगानी कोष र कर्मचारीहरु समेत) लाई वितरण गरेको १२ लाख ३१ हजार २५० कित्ता सेयर र संस्थापक सेयरधनीहरुले लगानी गरेका ३६ लाख ९३ हजार ७५० कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो ।

कम्पनीको सेयरलाई नेप्सले पहिलो कारोबारको लागि न्युनतम ८५ रुपैयाँ ६५ पैसा देखि २५६ रुपैयाँ ९५ पैसा ओपनिङ्ग रेन्ज प्रदान गरेको छ । सोही आधारमा रहेर आइतबारदेखि कम्पनीको सेयर कारोबारमा आउनेछ । कम्पनीको सेयरलाई नेप्सेले टिएसएचएल कारोबार संकेत प्रदान गरेको छ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्