Shikhar Insurance

लेबनान–इजरायली सीमामा भएको झडपमा २ जनाको मृत्यु, २ घाइते

सिंहदरबार संवाददाता
२०८० माघ १७, बुधबार १२:०५
NIMB
Nabil Bank

एजेन्सी । लेबनानको दक्षिणी सीमानामा इजरायली आक्रमणमा दुई हिजबुल्लाह सदस्यको मृत्यु भएको छ । दुई जना सर्वसाधारण घाइते भएका हुन् ।

इजरायली सेनाले दक्षिणी लेबनानका ८ शहर र गाउँहरूमा १४ वटा हवाई आक्रमण गरेको र तीनवटा घर ध्वस्त पारेको श्रोतले बताएको छ । साथै यस क्षेत्रका १५ शहर ध्वस्त भएको बताए । यसैबीच, लेबनानी सशस्त्र समूह हिजबुल्लाहले आफ्ना लडाकुहरूले अल–सामाका, अल–मोटेला र जरित ब्यारेकहरू लगायतका इजरायली लक्ष्यहरूमा आक्रमण गरेको बताएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

हिजबुल्लाहले इजरायलमा हमासको आक्रमणको समर्थनमा इजरायलतर्फ दर्जनौं रकेट प्रहार गरेपछि अक्टोबर ८, २०२३ देखि लेबनानी–इजरायली सीमामा तनाव बढेको हो । हिजबुल्लाह र इजरायल बीचको भिडन्तमा लेबनानी पक्षमा २३९ व्यक्तिको मृत्यु भएको छ । जसमा १७३ हिजबुल्लाह सदस्यहरू र ३९ नागरिकहरू छन् ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्