Shikhar Insurance

धितोपत्र बोर्डद्वारा विश्व लगानी सप्ताहको अवसरमा लगानीकर्ता सचेतना अभिवृद्धि कार्यक्रम

सिंहदरबार संवाददाता
२०८० आश्विन २१, आईतवार १४:३१
NIMB
Nabil Bank

काठमाडौं । विश्व लगानी सप्ताह–२०२३ को अवसरमा धितोपत्र कारोवारको नियामक निकाय धितोपत्र बोर्डले विभिन्न कार्यक्रमहरुको आयोजना गरिरहेको छ । मुलुकभरका लगानीकर्ताहरुलाई सम्बन्धित क्षेत्रको ज्ञान तथा सचेतना अभिवृद्धि गर्न ब्रोकर कम्पनी, मर्चेन्ट बैंकरलगायत सम्बद्ध सरोकारवाला संस्थाहरुलाई शाखा विस्तार भएको स्थानहरु तथा सम्भावित क्षेत्रमा लगानीकर्ता सचेतना अभिवृद्धि कार्यक्रमको आयोजना गर्न नेपाल धितोपत्र बोर्डले आह्वान गरेको थियो ।

यसै अवसरमा नेपाल धितोपत्र बोर्ड तथा स्टक ब्रोकर्स एसोसिएसन अफ नेपालको सहजीकरणमा यस प्रालिले असोज २० गते शनिवारको दिन होटल उग्रचण्डी, बनेपा–७, अरनिको राजमार्ग, काभ्रेपलान्चोकमा एक दिने लगानीकर्ता सचेतना अभिवृद्धि कार्यक्रमको आयोजना गरी लगानीकर्ताहरुसँग साक्षात्कार गरिएको थियो ।

Citizen Life
Kumar Bank
Nepal Life

उक्त कार्यक्रममा धितोपत्र बजारको विकास र विस्तारमा निरन्तर लागि रहेका तथा चितवन क्षेत्र नं. १ वाट प्रतिनिधिसभामा निर्वाचित सांसद हरि ढकालको प्रमुख आतिथ्यतामा नेपाल उद्योग वाणिज्य महासंघका वस्तुगत उपाध्यक्ष तथा नेपाल धितोपत्र बोर्डका सञ्चालक सुरकृष्ण वैद्य, नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशका अध्यक्ष दिलसुन्दर श्रेष्ठ छन् ।

त्यस्तै नेपाल धितोपत्र बोर्डका निर्देशक विनय जस्पाउ, बनेपा नगरपालिकाका कार्यवाहक प्रमुख तथा वडा नं. ७ का अध्यक्ष हिटलर शाक्य, विशिष्ट अतिथि तथा काभ्रे उद्योग वाणिज्य संघका उपाध्यक्ष कैलाश पलाञ्चोके, नेपाल धितोपत्र बोर्डका कामु निर्देशक राजाराम दुवाल, धितोपत्र बजार विज्ञ सुवासचन्द्र भट्टराई नेपाल अडिटर्स एसोसिएसन काभ्रेका अध्यक्ष विकास पन्त, कम्युटरर्स एसोसिएसन काभ्रेका अध्यक्ष रामचन्द्र न्यौपानेलगायत अन्य संघ–संस्थाका प्रमुखज्यूहरु अतिथिका रूपमा उपस्थित रहेको थियो । उक्त कार्यक्रममा व्यवसायी तथा धितोपत्र बजारसँग सम्बन्धित व्यक्तित्वहरुसहित लगभग ३ सय २५ जना लगानिकर्ताहरुको उपस्थिति थियो ।

कार्यक्रकममा प्रमुख अतिथि हरि ढकालले धितोपत्र बजार विकास, विस्तार र स्थायित्वका लागि विगतदेखि नै आफ” लागि परिरहेको र हाल संसदको भूमिका रहँदामा समेत धितोपत्र बजारसम्बन्धी विषयवस्तुहरु सदनमा राख्ने गरेको बताए । यसैगरी लगानीकर्ताहरुले सामाजिक सञ्जालमा आउने नकारात्मक टिप्पणीहरुलाई बेवास्ता गर्दै स्वविवेक प्रयोग गरी धितोपत्र बजारमा लगानी गर्न सुझाव दिएका छन् ।

नेपाल उद्योग वाणिज्य संघका उपाध्यक्ष तथा नेपाल धिताेपत्र बोर्डका सञ्चालक सुरकृण वैद्यले नीतिगत स्थायित्व नभएका कारण व्यवसायी पलायन हुनु परेको, धितोपत्र बजारको विकास र विस्तारमा मुद्रा वजारको नियामक निकाय नेपाल राष्ट्र बैंक र पुँजी वजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डबीच समन्वयकारी सम्बन्ध हुनुपर्ने र पुँजी बजारलाई उत्पादनमूलक क्षेत्रमा राखिनुपर्ने धारणा व्यक्त गरे ।

बनेपा नगरपालिकाका कार्यवाहक प्रमुख हिटलर शाक्यले धितोपत्र बजारसम्बन्धी जानकारी मूलक कार्यक्रमको आयोजना गरी यस क्षेत्रका लगानीकर्ताहरुलाई प्रशिक्षण प्रदान गरेकोमा आयोजक तथा सम्बन्धित पक्षलाई धन्यवाद दिए ।

उक्त कार्यक्रमको सभापति तथा भिजन सेक्युरिटिज् प्रालिका कार्यकारी अध्यक्ष राजकुमार तिमिल्सिनाले उत्साहपूर्ण रुपमा सहभागिता जनाउनुभएकोमा लगानीकर्ता महानुभावहरु तथा अतिथिहरुलाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनहरुमा नियामक निकाय, उद्योग वाणिज्य संघ तथा विभिन्न संघ/संस्थाहरुसँग सहकार्य गर्दै यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिने बताए।

GBIME

प्रतिक्रिया दिनुहोस्